नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

२९ असोज, काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २२० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला दिनहरूमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको छ। मूल्य घटेसँगै सुनचाँदी खरिद गर्ने उपभोक्ताले केही राहत पाउने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more