राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

२६ असार ,  काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।

बिहीबार आत्मदाहको प्रयासपछि गम्भीर अवस्थामा वीर अस्पतालमा भर्ना गरिएका नेपालीलाई उपचारका क्रममा शुक्रबार मध्याह्न करिब ११:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले उपचारकै क्रममा शुक्रबार मध्याह्न उनको निधन भएको पुष्टि गरेका छन्।

नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर रूपमा जलेपछि उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारत लैजाने तयारीसमेत गरिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more