जनकपुरमा जसपाको बृहत् प्रवेश: १५० भन्दा बढी कार्यकर्ता आबद्ध, अध्यक्ष यादवद्वारा स्वागत

माघ २१, जनकपुरधाम। जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा), नेपालले जनकपुरधाममा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। २०८२ माघ २१ गते बुधबार जनकपुरधाम–४ स्थित रौनियार सेवा समिति, भैरव चोकमा आयोजित कार्यक्रममा १५० भन्दा बढी कार्यकर्ता जसपामा प्रवेश गरेका हुन्।
रामुपा परित्याग गरेका सन्जय कुमार सिह र संजय चौधरीको नेतृत्वमा उक्त समूह जसपामा आबद्ध भएको जनाइएको छ। नवप्रवेशी कार्यकर्तालाई पार्टी अध्यक्ष उपेन्द्र यादवले टीका–माला लगाई औपचारिक स्वागत गरेका थिए।

कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्री मनिष सुमन समेत सहभागी थिए। त्यस्तै धनुषा क्षेत्र नं. २ का प्रतिनिधि सभा प्रत्याशी पशुपति यादव, क्षेत्र नं. १ का प्रत्याशी दीपक कार्की तथा क्षेत्र नं. ३ का प्रत्याशी प्रमेश्वर साहको पनि उपस्थिति रहेको थियो। उनीहरूले नवप्रवेशीलाई स्वागत गर्दै आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नवप्रवेशी नेताहरूले मधेश र मुलुकको समग्र विकास, पहिचान र अधिकारको एजेन्डा अघि बढाउन जसपा रोजेको बताएका छन्। कार्यक्रममा स्थानीय तथा केन्द्रीय तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more