४० करोड थान नयाँ एक रुपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक

१८ असोज , काठमाडौ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजताका लागि ४० करोड थान नयाँ एक रुपैयाँ मूल्यका सिक्का छपाइ गर्ने भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नयाँ सिक्का छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बोलपत्रमा योग्य अन्तर्राष्ट्रिय कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन्।

बोलपत्रमार्फत छनोट हुने कम्पनीले एक रुपैयाँका सिक्काको आकर्षक डिजाइन तयार पार्ने, छपाइ गर्ने, सुरक्षित रूपमा नेपालसम्म आपूर्ति गर्ने तथा ढुवानी गर्ने लगायतका सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्नेछ।

राष्ट्र बैंकले सर्वसाधारणको दैनिक कारोबारमा आवश्यक पर्ने साना दरका सिक्काको उपलब्धता सहज बनाउन नयाँ सिक्का ल्याउन लागेको हो। सिक्का छपाइ तथा आपूर्तिका लागि प्रतिस्पर्धात्मक प्रक्रियाबाट अन्तर्राष्ट्रिय कम्पनी छनोट गरिने राष्ट्र बैंकले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more