सुनसँगै चाँदीको मूल्य पनि घट्यो, दुई दिनमै उल्लेख्य गिरावट

१९ माघ , काठमाडौ । नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य पनि सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम भएको सुन सोमबार पुनः १३ हजार ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको छ। दुई दिनमा सुनको मूल्य तोलामा कुल ३२ हजार २ सय रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार ३ सय रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। लगातारको गिरावटले बजारमा खरिद–बिक्री गतिविधिमा समेत नयाँ चासो सिर्जना गरेको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more