पूर्वमन्त्री जितेन्द्र नारायण देवद्वारा एमाले परित्यागको घोषणा

माघ १९, राजविराज । संविधानसभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र नारायण देवले नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका छन्। उनले सोमबार एक सार्वजनिक वक्तव्यमार्फत पार्टी परित्यागको जानकारी गराएका हुन्।

देवले देशमा लामो समयदेखि विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको व्यापक विदेश पलायनविरुद्ध भदौ २३ गते देखिएको ‘जेन जी विद्रोह’लाई आक्रोशको विस्फोटका रूपमा व्याख्या गरेका छन्। उक्त घटनालाई सही सन्दर्भमा नबुझी ‘विदेशी षड्यन्त्र’का रूपमा चित्रण गरिएकोप्रति उनले असन्तुष्टि जनाएका छन्।

उनले पार्टीभित्र आत्मसमीक्षा र सुधारको प्रक्रिया अघि बढाउनुको सट्टा व्यक्तिवाद, देवत्वकरण, स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गरिएको आरोप लगाएका छन्। यस्ता विचार, नीति तथा व्यवहारसँग असहमत हुँदै उनले आजैको मितिदेखि एमाले परित्याग गरेको उल्लेख गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more