सरस्वती पूजाका दिन अनिवार्य स्कुल पोसाक – एन–प्याब्सनको अपिल

पुस २०, जनकपुरधाम।  आउँदो सरस्वती पूजाका अवसरमा विद्यार्थीहरूका लागि नयाँ पोसाक खरिद नगर्न निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) जनकपुरधामले विद्यालय तथा अभिभावकहरूलाई आग्रह गरेको छ।
एन–प्याब्सन जनकपुरधामका अध्यक्ष दीपक कुमार ठाकुरद्वारा जारी अपिलमा सरस्वती पूजाका दिन विद्यार्थीहरू अनिवार्य रूपमा विद्यालयको पोसाकमै विद्यालय जानुपर्ने स्पष्ट गरिएको छ। पूजाका नाममा बढ्दै गएको अनावश्यक खर्च, देखासिकी तथा विकृतिलाई रोक्न यस्तो व्यवस्था आवश्यक रहेको जनाइएको छ।
अपिलमा अभिभावकहरूलाई आफ्ना बालबालिका कति बजे विद्यालय प्रस्थान गरेका हुन् र कति बजे घर फर्किनेछन् भन्ने विषयमा सम्बन्धित विद्यालयसँग समन्वय गर्न समेत अनुरोध गरिएको छ। यसले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नुका साथै सरस्वती पूजाको मर्यादा कायम राख्न सहयोग पुग्ने अध्यक्ष ठाकुरको भनाइ छ।
एन–प्याब्सन जनकपुरधामले सरस्वती पूजालाई अनुशासित, शैक्षिक र संस्कारित रूपमा मनाउन सबै विद्यालय, अभिभावक तथा सरोकारवालाहरूलाई सहयोग र सहकार्य गर्न अपिल गरेको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more