पुस १९,जनकपुरधाम । मैथिली साहित्य समाजद्वारा आयोजित १४३औँ कवि गोष्ठी आज पुरानो मिनापको हलमा सफलतापूर्वक सम्पन्न भएको छ। गोष्ठी साहित्यकार विजय दत्त मणिको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी साहित्यकार तथा सर्जकहरूले आफ्ना रचना, कविता र भावनात्मक अभिव्यक्तिहरू प्रस्तुत गर्दै साहित्यिक वातावरणलाई जीवन्त बनाएका थिए। गोष्ठीमा देवीकान्त मिश्र ‘मुसन’ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
गोष्ठीमा साहित्यकार तथा पत्रकार सूजित कुमार झा, अभिष्ट नारायण, प्रकाश प्रेमी, कासी कान्त झा ‘रसिक’, बैजनाथ पासवान, पत्रकार तथा साहित्यकार अमरकान्त ठाकुर, बिन्दु ठाकुर, विजय कुमार यादव, डा. गायत्री झा, मन्ना झा, पत्रकार चान्दनी झा, विजय झा, शिवराम झा, मनोहर झा,मनोज प्रमेस , आस्था झा, बिभा पाण्डे, शिवानी मिश्र , बिजय यादव र सुमित झालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवसरमा दिवंगत साहित्यकार रुद्र नारायण झा ‘मडै’प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो।
सहभागीहरूका अनुसार गोष्ठीले मैथिली साहित्यिक जगतको सिर्जनात्मक प्रवाहलाई निरन्तरता दिनुका साथै साहित्यकारहरूबीच समन्वय, विमर्श र अभिव्यक्तिको प्रभावकारी मञ्चका रूपमा महत्वपूर्ण भूमिका खेलेको छ।
मैथिली साहित्य समाजले नियमित रूपमा आयोजना गर्दै आएको कवि गोष्ठीको १४३औँ श्रृंखलाले स्थानीय साहित्यिक उत्साह र सृजनात्मकताको दायरा विस्तार गर्न उल्लेखनीय योगदान पुर्याएको आयोजकले बताएका छन्।



















