सप्तरीमा पत्रकारमाथि संघातिक आक्रमण, दोषीमाथि अविलम्ब कारबाहीको माग

श्रावण ३०, राजबिराज। सप्तरीका सक्रिय पत्रकार तथा नयाँ पत्रिकाका संवाददाता सौरभ यादवमाथि शुक्रबार दिउँसो अज्ञात समूहले संघातिक आक्रमण गरेका छन्। राजविराजस्थित अस्पताल अगाडि भएको उक्त आक्रमणमा यादवको हात र टाउकोमा गम्भीर चोट लागेको छ। घाइते अवस्थामै उनलाई तत्कालै अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रत्यक्षदर्शीका अनुसार, दुई जना व्यक्तिले अकस्मात यादवमाथि शारीरिक आक्रमण गरेका थिए। उनीहरूलाई सहयोग पुर्‍याउने एक मोटरसाइकल चालकसमेत घटनामा संलग्न रहेको देखिएको बताइएको छ। आक्रमणपछि सबै आक्रमणकारी फरार भएका छन्।

घटनाप्रति स्थानीय पत्रकार र सञ्चारकर्मी संगठनहरूले तीव्र आपत्ति जनाएका छन्। उनीहरूले पत्रकारमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहारको रूपमा व्याख्या गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानूनी कारबाही गर्न माग गरेका छन्।

पत्रकार महासंघ सप्तरी शाखासहित विभिन्न सरोकारवाला निकायहरूले संयुक्त वक्तव्य जारी गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई आक्रमणमा संलग्न दुई जना तथा उनीहरूलाई सहयोग पुर्‍याउने मोटरसाइकल चालकलाई अविलम्ब नियन्त्रणमा लिई कानूनी प्रक्रियामा ल्याउन आग्रह गरेका छन्।स्थानीय पत्रकारहरूले यस्ता आक्रमणहरूले सत्य सूचनाको हकमा जनताको पहुँचमा बाधा पुर्‍याउने र पत्रकारिताको वातावरण धमिल्याउने चेतावनी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply