शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पतालमा तोडफोड , लापरबाहीको आरोप

१८ बैशाख , जनकपुरधाम।  — कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पताल मा किड्नीमा पत्थरी (स्टोन) को शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि विवाद चर्किएको छ। मृत्यु हुनेमा महोत्तरी, बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवान रहेको पुष्टि भएको छ।
अस्पताल पक्षका चिकित्सकले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन्। उनीहरूका अनुसार अपरेशन प्रक्रिया सामान्य रूपमा अघि बढेको थियो र कुनै प्राविधिक समस्या देखिएको थिएन।
तर मृतकका आफन्तहरूले भने गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा उक्त शल्यक्रिया आधुनिक मेसिनबाट गर्नुपर्ने भए पनि चिकित्सकले हातैले (म्यानुअल विधिबाट) गरेको कारण जटिलता उत्पन्न भई मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
घटनापछि आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालमा तोडफोड गरेका छन्। तनावग्रस्त बनेको अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी ले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ। स्वास्थ्य सेवामा लापरबाही भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा आधिकारिक निष्कर्ष आउन बाँकी रहेको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more