सम्पत्ति शुद्धीकरण ऐन संशोधनका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा

१८ बैशाख , काठमाडौ । — सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) नियन्त्रणसम्बन्धी कानुन संशोधनका लागि अध्यादेशमार्फत प्रक्रिया अघि बढाएको छ। हाल लागू रहेको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ मा संशोधन गर्ने उद्देश्यसहित तयार गरिएको अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
उक्त ऐनले अवैध रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध देखाउने गतिविधि नियन्त्रण गर्दै संलग्न व्यक्तिमाथि कारबाही र सजायको व्यवस्था गरेको छ। प्रस्तावित संशोधनमार्फत कानुनलाई अझ प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताइएको छ।
मन्त्रिपरिषद्ले एकैपटक स्वीकृत गरेका आठवटा अध्यादेशमध्ये यो अध्यादेश पछिल्लो चरणमा राष्ट्रपति कार्यालय पठाइएको हो। राष्ट्रपति कार्यालय का प्रवक्ता रितेशकुमार शाक्य का अनुसार हालसम्म दुई वटा अध्यादेश प्रमाणीकरण भई जारी भइसकेका छन् भने बाँकी छ वटा अध्यादेश विचाराधीन अवस्थामा रहेका छन्।
यसअघि सहकारीसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी संशोधन अध्यादेश जारी भइसकेका छन्। बाँकी अध्यादेश कहिले जारी हुने भन्नेबारे भने राष्ट्रपति कार्यालयले औपचारिक जानकारी दिएको छैन।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more