धनुषाको मन्दिर परिसरमा शव फेला, घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह

१५ साउन , जनकपुरधाम।  — धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान भइरहेको र यसलाई धार्मिक विवादसँग नजोड्न सबैमा आग्रह गरेको छ।
प्रहरीका अनुसार साउन १४ गते राति करिब ९ बजे मन्दिर परिसरमा अन्दाजी ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानबाट मृतक बन्धु राजब कडेरी मन्दिरका पुजारी नभई मन्दिर परिसरमा बस्दै आएका व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ।
घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृतक बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने व्यक्ति रहेको र घटना आपराधिक व्यक्तिहरूबाट भएको देखिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई धार्मिक विवादसँग नजोडी सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै नागरिकसँग अपिल गरेको छ। साथै, घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more