वीरगन्जमा तस्कर समूहको आक्रमण, तीन सशस्त्र प्रहरी घाइते

२६ माघ, बिरगंज ।  — पर्साको वीरगन्जमा अवैध गोदाममा छापा मार्न गएको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
वीरगन्ज महानगरपालिका–१० स्थित आदर्शनगरमा मदनप्रसाद गुप्ताको घरमा राखिएको अवैध कपडा बरामद गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर करिब सात लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको थियो।
बरामद कार्यपछि आक्रोशित तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको जनाइएको छ। आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको छ।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा नियन्त्रणका लागि थप अनुसन्धान भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more