रास्वपाद्वारा सांसदलाई पुनः प्रशिक्षण, वैशाख २६–२७ मा सिंहदरबारमा कार्यक्रम

२२ बैशाख , काठमाडौ ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई पुनः प्रशिक्षण दिने भएको छ। पार्टीका अनुसार आगामी वैशाख २६ र २७ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ।
रास्वपाले उक्त प्रशिक्षणका लागि तयारी अवस्थामा रहन आफ्ना सांसदहरूलाई निर्देशनसमेत दिएको जनाएको छ। कार्यक्रममार्फत संसदीय अभ्यास, नीति–निर्माण र प्रभावकारी भूमिका निर्वाहसम्बन्धी विषयमा अभिमुखीकरण गरिने अपेक्षा गरिएको छ।
यसअघि पनि प्रतिनिधिसभा निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै रास्वपाले ललितपुरस्थित एक होटलमा आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको थियो।
पार्टीले संसदमा प्रभावकारी उपस्थिति र नीतिगत स्पष्टता बढाउने उद्देश्यले पुनः प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more