बारा–पर्सासहित १३ जिल्लामा आज हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

२२ बैशाख , काठमाडौ । देशका विभिन्न १३ भन्दा बढी जिल्लामा आज तीव्र हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार विशेषगरी तराई र मधेसका जिल्लाहरू बढी प्रभावित हुने सम्भावना छ।
दिउँसो बारा, बाँके, दाङ, रुपन्देही र कपिलवस्तु लगायतका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, रातिको समयमा बारा, पर्सा, रौतहट, रुपन्देही र कपिलवस्तु आसपासका क्षेत्रमा पनि हावाहुरीको जोखिम उच्च रहने जनाइएको छ।
विभागले मंगलबार बिहान सार्वजनिक गरेको सूचनामा नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। “हावाहुरीबाट जोगिने उपायहरू अपनाउन अनुरोध छ,” सूचनामा उल्लेख छ।
सिमरा क्षेत्रमा आज दिउँसो र राति वर्षा हुने सम्भावना करिब ४० प्रतिशत रहेको छ भने ताप्लेजुङ, ओखलढुंगा, जिरी र जोमसोम क्षेत्रमा ६० प्रतिशत वर्षाको सम्भावना रहेको जनाइएको छ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बदली भई यस्तो अवस्था सिर्जना भएको विभागले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more