राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा राजनीतिक हस्तक्षेप: एमाले नेताहरूमाथि निधिको आरोप

असार २१, जनकपुरधाम । अवनिस झा — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको स्थायी भवन निर्माणमा नेकपा एमाले निकट प्रतिनिधिसभा सदस्यहरूले अवरोध पुर्‍याएको आरोप लगाएका छन्।

शनिबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले धनुषाको निर्वाचन क्षेत्र नं. ३ र ४ बाट निर्वाचित एमाले सांसदहरूले योजनाबद्ध रूपमा विश्वविद्यालयको स्थायी संरचना निर्माण रोक्न खोजिरहेको दाबी गरे।

विश्वविद्यालयको स्थापनामा आफ्नै भूमिकालाई स्मरण गर्दै उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको पनि योगदानको प्रशंसा गरे। तर, विश्वविद्यालयसँग आबद्ध राम स्वरुप–राम सागर बहुमुखी क्याम्पसका केही प्रध्यापकहरूको असहयोगले पनि विश्वविद्यालयको समग्र प्रगति अवरुद्ध भएको आरोप लगाए।

वर्तमानमा राजर्षि जनक विश्वविद्यालय जनकपुरका विभिन्न स्थानमा भवन भाडामा लिएर ‘टुक्राटुक्रा’ रूपमा सञ्चालन भइरहेको छ। वार्षिक लाखौं रुपैयाँ भाडामा खर्च भइरहे पनि स्थायी पूर्वाधार निर्माणतर्फ अपेक्षित प्रगति हुन सकेको छैन।

प्रदेस संसद रामसरोज यादवले शिक्षामन्त्री को ठाडो आदेस रहेको छ कि विश्वबिधालयको भवन नगराइननगरपालिकाको मनिहारिमा नबनोस भनी भि सि बाट जानकारी प्राप्त भएको बताए।

यसैबीच, नेपाली कांग्रेसका सह–महामन्त्री  महेन्द्र यादवले विश्वविद्यालयको भवन आफ्नै निर्वाचन क्षेत्रमा पर्ने मुजेलिया वा त्यसभन्दा उत्तरतर्फ निर्माण गर्न उपकुलपति अमर यादवलाई दबाब दिइरहेको बताइएको छ।

यद्यपि निधिले पत्रकार सम्मेलनमा एमालेलाई मुख्यतः आरोपको घेरामा राखे पनि, विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्न नसकिएको यथार्थ पनि झल्किएको छ। राजर्षि जनक विश्वविद्यालयको भविष्य अहिले नेताहरूको आन्तरिक शक्ति संघर्षमा अल्झिएको देखिन्छ।

शैक्षिक दृष्टिकोणले अत्यन्त संवेदनशील मानिएको विश्वविद्यालयको संरचना निर्माणमा यस्ता अवरोधले दीर्घकालीन असर पार्ने विज्ञहरूको धारणा छ। स्थानीयबासीहरू स्थायी र गुणस्तरीय विश्वविद्यालयको अपेक्षा गरिरहेका छन्, तर राजनीतिक चलखेलले यो सपना अझै टाढा देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    Leave a Reply