१६ भदौ, काठमाडौं । रसुवा बाढीमा परी मृत्यु भएका १ हजार ५८ जनाको शव हालसम्म फेला परेको छ। नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० वटा आंशिक अंग भएका शव रहेका छन्।
फेला परेका शवमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ। यस्तै, ५८ शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपछि हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन रहेका छन्।

