रसुवामा बाढीपछि प्रधानमन्त्री शाहद्वारा विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान

१० भदौ, काठमाडौ रसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षतिको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा रसुवामा आएको बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ ।

बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहले विपद्पछिको अवस्थालाई ध्यानमा राख्दै आगामी कदमबारे सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले विपद्को यस क्षणमा सबैलाई आ–आफ्नो स्थानबाट बाढी प्रभावित क्षेत्रमा परिचालित हुन तथा प्रभावित नागरिकको उद्धार, खोजी र राहत कार्यमा जुट्न आग्रहसमेत गरेका छन् ।

सरकारले बाढी प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्दै उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more