म संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा छैनः विमलेन्द्र निधि

२२ असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसद पुनर्स्थापनाको पक्षमा आफू नभएको बताएका छन् ।

पार्टीभित्र कतिपय नेताले संसद पुनर्स्थापनालाई मूल मुद्धा बनाउनुपर्ने आवाज उठाइरहेको बेला निधि चुनावको पक्षमा देखिएका हुन्।

निधिले भने,‘म संसद पुनर्स्थापनाको पक्षमा छैन। पार्टीले चुनावी तयारी गर्नुपर्दछ।’

निर्वाचनको तयारीमा लाग्नुपर्ने भएको हुँदा नियमित वा विशेष महाधिवेशन अहिले प्राथमिकतामा राख्न नहुने विचार राखे । कार्यवाहक सभापति तोकेर चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए।

उनी भन्छन्,‘पार्टीले गर्नुपर्ने अहिले धेरै कामहरू छन् । महाधिवशेनतिर लाग्दा चुनावको तयार गर्न समयभाव हुन्छ । कार्यवाहक सभापति तोकेर पार्टीको कमि कमजोरी सुर्धादै चुनावमा जानुपर्दछ।’

नेता कृष्णप्रसाद सिटौलाले संसद पुर्न स्थापनाको पक्षमा विचार राख्दै आएका छन् ।

सभापति शेरबहादुर देउवा जेनजीको दोस्रो दिनको आन्दोलनपछि सार्वजनिक रुपमा देखिएका छैनन्।

प्रदर्शनकारीको कुटपिटबाट देउवा घाइते भएका थिए । सभापति देउवाले कार्यवाहक तोक्नुपर्ने विचार पार्टीमा उठेपनि उनले निर्णय भने लिएका छैनन् ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more