मोबाइल व्यवसायी विजय गुप्ता पक्राउ

सिरहा, असार २३ । बिजिन्युज रिपोर्टर — सिरहा प्रहरीले लहान नगरपालिका–७ का मोबाइल व्यवसायी विजय गुप्ता लाई पक्राउ गरेको छ। गुप्तामाथि लेनदेन सम्बन्धी विवादको उजुरी परेपछि प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनन्तराम शर्माले पक्राउ पुष्टि गर्दै भने, “विजय गुप्ताविरुद्ध आर्थिक लेनदेन सम्बन्धी उजुरी परेको थियो। प्रारम्भिक अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिएको हो।”

गुप्ता लहान बजारमा लामो समयदेखि मोबाइल तथा इलेक्ट्रोनिक सामानको कारोबार गर्दै आइरहेका व्यवसायी हुन्। प्रहरीले उनीमाथिको आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन। तर स्रोतका अनुसार, लेनदेनको विवाद लामो समयदेखि चलिरहेको थियो र त्यसैको आधारमा कानुनी प्रक्रिया अघि बढाइएको हो।

सिरहा प्रहरीले हाल गुप्तालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    Leave a Reply