भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै उनले हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको र भगवान् शिव पनि चाम्लिङ हुनसक्ने अनुमान गरे । तर, उक्त विषय आफूले दाबी भने नगरेको ओलीको भनाइ थियो ।

‘शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौँ हामी । शिवजी चाम्लिङ थिए की क्या हो जस्तो लाग्छ कहिले काहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो,’ प्रधानमन्त्री ओलीले भने, ‘शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । पछि माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो ।’

प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    Leave a Reply