मैथिली साहित्य समाजको १५२औँ मासिक कविगोष्ठी सम्पन्न

१७ असोज, जनकपुरधाम। मैथिली साहित्य समाज जनकपुरधामद्वारा आयोजित १५२औँ मासिक कविगोष्ठी उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

समाजका अध्यक्ष शीतल झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता तथा सामाजिक अभियन्ता सञ्जय कुमार चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा  डा. गायत्री झा, किरण झा, बैजनाथ पासवान, मनमोहन झा, पत्रकार बटुकनाथ झा, अमरकान्त ठाकुर,सुमित झा, प्रमोदानन्द झा, मन्ना झा लगायत दुई दर्जनभन्दा बढी कवि तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो।

कविगोष्ठीमा सहभागी कवि तथा साहित्यकारहरूले आफ्ना मौलिक रचना, कविता तथा साहित्यिक प्रस्तुति प्रस्तुत गरेका थिए। मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नियमित रूपमा हुँदै आएको मासिक कविगोष्ठीले साहित्यकारहरूबीच सिर्जनात्मक संवाद र सहकार्यको वातावरण निर्माण गर्दै आएको आयोजकले जनाएको छ।

मैथिली साहित्य समाज जनकपुरधामले लामो समयदेखि नियमित रूपमा मासिक कविगोष्ठी आयोजना गर्दै आएको छ। १५२औँ शृङ्खलासम्म आइपुग्दा यसले मैथिली साहित्यको विकास र साहित्यकारलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा निरन्तरता पाएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more