२६ माघ, जनकपुरधाम। — मधेस प्रदेशको कला–संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ आजदेखि जनकपुरधाममा सुरु भएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा तथा राजर्षी जनक विश्वविद्यालय, मधेस प्रज्ञा प्रतिष्ठान र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा आयोजित प्रदर्शनी २०८२ माघ २५ गतेदेखि मैथिली विकास कोषको मैथिली भवनमा सञ्चालनमा आएको हो।
प्रदर्शनीको उद्घाटन मधेस प्रदेशका प्रदेश प्रमुख माननीय डा. सुरेन्द्र लाभले गरेका हुन्। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको विशेष आतिथ्य रहेको थियो।
प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख एवं मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको संयोजनमा सम्पन्न कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राजर्षी जनक विश्वविद्यालयका अध्ययन–अनुसन्धान निर्देशक आर.के. साह, मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोष कापडी, साहित्यकार रमेश रञ्जन झा र साहित्यकार रोशन जनकपुरीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन कोषका सदस्य एवं साहित्यकार नित्यानन्द मण्डलले गरेका थिए। साथै, मैथिली विकास कोषका सदस्य कुमार भास्कर, रुबि पाठक लगायत प्रदेशका कलाकार, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
आयोजकका अनुसार प्रदर्शनी माघ २९ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा मधेस प्रदेशका कलाकारहरूको विविध विधाका सिर्जनात्मक कलाकृतिहरू अवलोकनका लागि

















