ब्राजिलबाट नेपाल आएकी महिलाको ब्रा भित्र भेटियो कण्डममा लुकाई ल्याईएको २ केजी कोकिन

२२ साउन, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन् ।

उनी नेपालबाट भुटान जान लागेको अवस्थामा पक्राउ परेकी हुन् । शंकास्पद गतिविधि देखिएपछि उनीमाथि निगरानी बढाइएको थियो ।

उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम लगायत मिथिलाञ्चलमा आज लोकपर्व चौरचन मनाइँदै, जनकपुरधामसहित विभिन्न पालिकामा सार्वजनिक बिदा

    Read more

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    Leave a Reply