रोजगारीको खोजीमा घर छाडेर भारत पुगेकी एक नेपाली युवती बलत्कृत

श्रावण २३,पटना, भारत — रोजगारीको खोजीमा घर छाडेर भारत पुगेकी एक नेपाली युवतीमाथि बलात्कार भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार, परिवारसँगको विवादका कारण नेपालबाट सिलगुडी हुँदै पटना पुगेकी ती युवतीलाई बस चालकले रोजगारी दिने प्रलोभनमा पारी दुई दिनसम्म बलात्कार गरेको आरोप लागेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले पीडितसँग भएको नगद रकम र मोबाइल फोन समेत लुटेको खुलासा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पीडित युवती गान्धी मैदान नजिक रुँदै बसेको अवस्थामा फेला परेकी थिइन्। स्थानीय नेपाली समुदायका सदस्यहरूले उनलाई उद्धार गरी प्रहरीमा उजुरी दर्ता गराउन सहयोग गरेका थिए।

छानबिनमा युवती घरमै सौतेनी आमाको निरन्तर कामको दबाबका कारण घर छाडेर भारत गएको तथ्य खुलेको छ। घटना हाल अनुसन्धानमा रहेको र आरोपित बस चालकको खोजी तीव्र पारिएको पटना प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    Leave a Reply