२५ चैत, जनकपुरधाम। — जिल्ला प्रहरी कार्यालय महोत्तरी ले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
कार्यालयका अनुसार मटिहानी नगरपालिका–७, महोत्तरी निवासी जगन्नाथ दास वैश्यलाई पक्राउ गरिएको हो। उनीविरुद्ध १ करोड ३० लाख रुपैयाँ बराबरको बिगो रहेको बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो।
जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै गएको प्रहरीले वैश्यलाई खोजी गर्ने क्रममा विशेष टोली परिचालन गरेको थियो। सोही क्रममा उनलाई मटिहानी क्षेत्रबाट फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका वैष्णव्लाइ आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाइएको छ।



















