बूढानीलकण्ठमा प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ४ घण्टा लामो छलफल

२८ असार , काठमाडौ ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठमा करिब चार घण्टा लामो भेटवार्ता भएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भएको जनाइएको भए पनि बैठकको एजेन्डा र निष्कर्षबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
राजनीतिक वृत्तमा भने सुकुमवासी व्यवस्थापन, समसामयिक राजनीतिक घटनाक्रम तथा सरकारका पछिल्ला गतिविधिलगायतका विषयमा छलफल भएको अनुमान गरिएको छ।
स्रोतका अनुसार सुकुमवासी समस्या समाधानमा सरकार अपेक्षाअनुसार प्रभावकारी ढंगले अघि बढ्न नसकेको भन्दै सभापति लामिछाने असन्तुष्ट रहेको चर्चा भए पनि उक्त विषय नै बैठकको मुख्य एजेन्डा थियो वा थिएन भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन।
प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भएको लामो भेटवार्ताले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी जन्माएको भए पनि दुवै पक्षले यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more