बुरहानपुरमा लभ जिहादको आरोप: एक महिलाको चाकु प्रहार गरी हत्या

श्रावण १९, भारतको मध्य प्रदेश राज्य अन्तर्गत बुरहानपुर जिल्लाबाट ‘लभ जिहाद’ को आशंका गरिएको एउटा घटना सार्वजनिक भएको छ। यस घटनामा एक मुस्लिम पुरुषले आफ्नी प्रेमिका, एक हिन्दू महिलाको निर्मम हत्या गरेको आरोप लागेकाे छ।

मृतक महिलाको नाम भगवती धानुक (३५ वर्ष) रहेको छ। उनी तलाकशुदा थिइन् र केही वर्षदेखि रईस खान नामका मुस्लिम पुरुषसँग प्रेम सम्बन्धमा थिइन्। प्रहरीका अनुसार शुक्रबार राती दुई जनाबीच विवाद भएको थियो र सोही झगडाको क्रममा रईसले चाकु प्रयोग गरी भगवतीको घाँटी रेटेर हत्या गरेका थिए।

प्रहरीलाई शनिबार बिहान मात्र घटनाको जानकारी प्राप्त भएको थियो। सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेर मृतकको शव बरामद गर्‍याे र सोही क्रममा भगवतीकाे हत्यारा रईस खानलाई पनि नियन्त्रणमा लिएको हो।

प्राप्त विवरणअनुसार, भगवती धानुकको पहिलो विवाह एक प्रहरी कर्मचारीसँग भएको थियो, तर पछि उनीहरूले सम्बन्धविच्छेद गरेका थिए। त्यसपछि भगवती र रईस खानबीच प्रेम सम्बन्ध सुरु भएको हो।रईस खान स्वयं पनि विवाहित थिए, तर उनले पनि आफ्नी पत्नीलाई तलाक दिइसकेका छन्। तर उनको तलाकको प्रक्रिया हाल अदालती चरणमा रहेको जनाइएको छ।

घटनाको अनुसन्धान बुरहानपुर प्रहरीले अगाडि बढाइरहेको छ भने यो घटनाले पुनः अन्तरधार्मिक सम्बन्ध र त्यसमा देखिएका हिंसात्मक घटनाहरूलाई लिएर समाजमा बहस सिर्जना गरेको छ।

स्रोत: जागरण दैनिक

 

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    Leave a Reply