बडादसैँको चौथो दिन आज देवी कुष्माण्डाको पूजा–आराधना, जनकपुरका शक्तिपीठमा भक्तजनको भीड

२८ असोज, जनकपुरधाम। महान चाड बडादसैँको चौथो दिन आज घर–घरमा तथा मन्दिरहरूमा नौ दुर्गामध्येकी चौथी देवी कुष्माण्डाको पूजा–अर्चना गरी मनाइँदैछ ।

दशैँ घर वा पूजा कोठामा घटस्थापना गरेर सुरु गरिएको नवरात्रमा प्रत्येक दिन फरक–फरक देवीको आराधना गर्ने परम्परा छ । आजको दिन कुष्माण्डा देवीलाई शक्ति, समृद्धि र रोग–व्याधि निवारण गर्ने माताको स्वरूपका रूपमा पूजिन्छ । धार्मिक विश्वासअनुसार कुष्माण्डा देवीको आराधनाले मानसिक शान्ति, आयु वृद्धि र आत्मबल प्राप्त हुने मानिन्छ ।

आज बिहानैदेखि नै  जनकपुरधामस्थित  राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर लगायतमा भत्तजन  विभिन्न शक्तिपीठ र  देवी मन्दिरहरूमा भक्तजनको भिड देखिएको छ ।

यस दिन व्रत बसेर देवीको ध्यान गर्ने परम्परा पनि रहेको छ । पण्डित ज्योतिर्विद्य अमित कुमार झा का अनुसार कुष्माण्डा शब्दको अर्थ ‘कुम्हडा (फल) जस्तै सृष्टि सिर्जना गर्ने शक्ति’ भन्ने हुन्छ । उनी ब्रह्माण्डको उत्पत्ति गर्ने आदिशक्ति मानिन्छिन् ।

बडादसैँको सुरुवातसँगै जनजीवनमा चहलपहल बढ्दै गएको छ । बजारहरूमा किनमेलको भीड बढेको छ भने घर–घरमा पूजा तयारी र आफन्तजन भेटघाट गर्ने क्रम सुरु भएको छ ।यसरी दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजा सम्पन्न भएपछि भोलि पञ्चमीको दिन स्कन्दमाता देवीको आराधना गरिनेछ ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more