टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा राजु यादव पक्राउ

२८ असोज, जनकपुरधाम। सामाजिक सञ्जाल टिकटकमा समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, गालीगलौज तथा धाकधम्की दिने किसिमका आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ निवासी अन्दाजी २० वर्षीय राजु यादव रहेका छन्। उनलाई ‘क्रिमिनल’ नामले चिनिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवले विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द प्रयोग गर्ने र धाकधम्की दिने किसिमका भिडियो टिकटकमा अपलोड गरेको पाइएको थियो।

सोही आधारमा उनलाई २०८३ असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको हो। उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उत्प्रेरित गर्ने, गालीगलौज तथा धाकधम्की दिने किसिमका फोटो र भिडियो पोस्ट गरेको आरोपमा अन्य चार जनामाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच पुग्ने र समाजमा हिंसा भड्काउने किसिमका सामग्री पोस्ट नगर्न सचेत गराएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more