फागुन १, ढाका। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बिहीबार सम्पन्न १३औँ संसदीय चुनावमा स्पष्ट बहुमत हासिल गरेको छ।
समाचार एजेन्सी रॉयटर्सले स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै जनाएअनुसार ३०० सदस्यीय संसदमा बीएनपीले १५१ सिट जितेको छ। साथै, अन्य केही सिटमा पनि पार्टीका उम्मेदवार अग्रस्थानमा रहेका छन्।
बीएनपीका अध्यक्ष तथा प्रधानमन्त्री पदका प्रत्याशी तारिक रहमानले आफू प्रतिस्पर्धा गरेका दुवै निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका छन्। उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्।
यो चुनाव अगस्ट २०२४ मा शेख हसीना नेतृत्वको सरकार पतन भएपछि लोकतान्त्रिक व्यवस्था पुनःस्थापनाका लागि भएको पहिलो प्रमुख संसदीय चुनाव हो।
देशभर ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि साँझ साढे ४ बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिएको थियो। चुनावलाई बंगलादेशको राजनीतिक भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
बंगलादेशको १३औँ संसदीय चुनावमा बीएनपीलाई स्पष्ट बहुमत
- Breaking News, अन्तर्राष्ट्रिय, समाचार
- ७ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 16 views



















