मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सम्पन्न, कलाकारलाई प्रमाणपत्र वितरण

फागुन १, जनकपुरधाम।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा तथा राजर्षी जनक विश्वविद्यालय, मधेस प्रज्ञा प्रतिष्ठान र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा आयोजित ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सम्पन्न भएको छ।
२०८२ माघ २५ गतेदेखि २९ गतेसम्म जनकपुरधामस्थित मैथिली विकास कोषको मैथिली भवनमा आयोजित प्रदर्शनीको समापन समारोह अमर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहको विशेष आतिथ्य रहेको थियो।
प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राजर्षी जनक विश्वविद्यालयका अध्ययन अनुसन्धान निर्देशक आर.के. साह, मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोष कापडी, साहित्यकार रमेश रञ्जन झा र रोशन जनकपुरीलगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन मैथिली विकास कोषका सदस्य–सचिव श्यामसुन्दर सशिले गरेका थिए। साथै, कोषका सदस्यहरू नित्यानन्द मण्डल, नवीन मिश्र, रुबि पाठकलगायत प्रदेशभरिका कलाकार, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रदर्शनीमा सहभागी कलाकारहरूको सिर्जनात्मक योगदानको सम्मानस्वरूप समापन समारोहमा कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीले मधेस प्रदेशको कला, संस्कृति र सृजनात्मक परम्परालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    अमेरिकाको लुजियाना राज्यमा गोली चलाएर ८ बालबालिकाको हत्या

    Read more

    गृहमन्त्री गुरुङमाथि सम्पत्ति लुकाएको आरोप, पद संकटमा

    Read more