६ असार, जनकपुरधाम । जनकपुरधामका बिद्यार्थीहरु क्याम्पसले प्रवेश पत्र नदिएको भन्दै क्याम्पस चौकमा सडक अबरुद्ध गरी प्रदर्शन गरेका छन ।
राराब क्याम्पसका करीब २०० जना बिद्यार्थीको प्रवेश पत्र नदिई प्रशासनले परीक्षा दिनबाट बन्चित गर्न खोजेको भन्दै बिद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन ।
बिद्यार्थीहरुले गरेको सकड अबरुद्ध पछि सडक खुलाउन पुगेको प्रहरीले बिद्यार्थी नेता मनिष यादवलाई पक्राउ समेत गरेको छ ।



















