त्रिवि, परीक्षा नियन्त्रण कार्यालयको १० वटा सेवा अब अनलाइनबाटै हुने

६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई सहज हुनेगरी अनलाइन सेवा दिन लागिएको हो ।

‘असार १५ देखि अनलाइनबाट सेवा सुरु हुन्छ । कार्यलय आउनै पर्दैन,’ उनले भने ।

परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौ लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो ।

यी हुन् अनलाइनबाट हुने सेवा :

१) त्रिवि रजिष्ट्रेशन आवेदन फाराम

२) परीक्षा आवेदन फाराम

३) ट्रान्सक्रिप्ट आवेदन फाराम

४) प्रोभिजनल सर्टिफिकेट

५) मूल प्रमाणपत्र

६) पूर्नयोगका लागी आवेदन फाराम

७) शैक्षिक कागजातमा नाम/बर/रजिष्ट्रेशन लगायत सच्चाउने फाराम

८) विभिन्न सिफारीस पत्रहरु

९) प्रमाणपत्रहरुको प्रमाणिकरण

१०) प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more

    Leave a Reply