प्रधानमन्त्री बालेन शाह मंसिर ७ देखि तीनदिने भारत भ्रमणमा जाने

१८ असोज , काठमाडौ ।  प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ७ गतेदेखि १० गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल हुने तयारी गरिएको छ।

भ्रमणका क्रममा राजनीतिक, आर्थिक, पूर्वाधार, ऊर्जा, व्यापार तथा पारस्परिक हित र चासोका विषयलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ।

प्रधानमन्त्री शाहले भारतका उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्ध, आपसी सहकार्य र दुई देशको साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप नयाँ आधारमा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more