पेट्रोलियम पदार्थ को मुल्य फेरि बढयो

१९ चैत, काठमाडौ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर २०२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १८२ पर्ने भएको छ । जनकपुरधाममा पेट्रोल १९९ रुपैयाँ ५० पैसा र डिजल १७९ रुपैयाँ  ५० पैसा पर्ने भएको छ ।निगमले मार्च १६ देखि ३१ सम्म भारतबाट बढेर आएको इन्धनको मूल्यका कारण निगमलाई १३ अर्ब २१ करोड घाटा भएको बताएको छ ।यो समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४.३६ र डिजलमा १२०.५४ रुपैयाँ घाटा रहेको बताएको छ । साथै एलपी ग्याँस प्रति सिलिण्डर ४१६.३७ घाटा रहेको निगमले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more