पाँच प्रदेशमा एमाले–माओवादीको संयुक्त सरकार, मधेश र गण्डकीमा थप छलफल गर्ने सहमति

९ साउन , काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठनका विषयमा सहमति भएको छ। दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने निर्णय गरेका हुन्।
शनिबार सार्वजनिक गरिएको सहमति पत्रअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ।
सहमति पत्रमा मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।
सहमति पत्रमा प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धीका कारण सिर्जित समस्यालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रदेश विकासलाई तीव्रता दिन दुवै दल सहमत भएको जनाइएको छ।
सहमति पत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more