सकारात्मक सुनवाइ नभए विद्यालय १८ गते देखि अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

भादौ १२, काठमाडौ । विद्यालय शिक्षा विधेयकको केही प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूको संगठनहरूले दोस्रो चरणका आन्दोलन कार्यक्रमहरू सार्वजनिक गरेका छन् । संगठनका अनुसार विभिन्न चरणमा देशव्यापी खबरदारी सभा, तयारी बैठक, र्‍याली तथा विद्यालय बन्दसम्मका कठोर कदम घोषणा गरिएका छन् ।

कार्यक्रमअनुसार आज भदौ १२ गते बिहान ११ बजे देशभरका जिल्ला सदरमुकाममा तथा काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट र्‍याली निकालेर कोण सभामा परिणत गर्ने निर्णय गरिएको छ । सोही क्रममा भदौ १४ र १५ गतेका दिन आ–आफ्ना विद्यालय संस्थाहरूले आगामी चरणका लागि तयारी बैठक गर्ने बताइएको छ ।

त्यस्तै, भदौ १६ गते बिहान ११ बजे देशैभरका प्रमुख चोकमा कालोझण्डा र ब्यानरसहित नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं उपत्यकामा २७ किलोमिटर चक्रपथ वरिपरि प्रतिघण्टा २० किलोमिटरको गतिमा भव्य र्‍याली आयोजना गरिने र यसमा संगठनका केन्द्रीय, प्रदेश, जिल्ला र पालिकास्तरका पदाधिकारी, सदस्य, विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको अनिवार्य सहभागिता रहनेछ ।

भदौ १७ गते पुनः तयारी तथा समीक्षा बैठक सम्पन्न गरिने र त्यसपछि भदौ १८ गते बिहान ११ बजे पुनः हरेक जिल्ला सदरमुकाममा तथा काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट र्‍यालीसहित कोण सभा आयोजना गरिने कार्यक्रम घोषणा गरिएको छ ।

सञ्चालकहरूको चेतावनीअनुसार यदि भदौ १८ गतेसम्म पनि सरकारसँगको वार्ता सकारात्मक नतिजामा पुग्न सकेन भने, अनिश्चितकालीन विद्यालय बन्द गर्ने समेत घोषणा गरिएको छ । आन्दोलनरत संगठनहरूले सरकारले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई बेवास्ता नगरी यथाशीघ्र माग सम्बोधन गर्नुपर्ने चेतावनी दिएका छन् ।

 

  • सम्बन्धित समाचारहरु

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more