नवरात्रिको दोस्रो दिन आज देवी ब्रह्मचारिणीको पूजा–आराधना गरिँदै

२६ असोज, जनकपुरधाम। विजयादशमी अर्थात् दशैँको दोस्रो दिन आज देवी ब्रह्मचारिणीको पूजा–आराधना गरी मनाइँदैछ।
नवरात्रिको पहिलो दिन माता शैलपुत्रीको पूजा सम्पन्न भएपछि आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजन गरिन्छ। देवी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र संयमको प्रतीक मानिन्छ। आजको दिन ब्रह्मचारिणीको आराधना गरेमा साधकलाई कठिनाइ सहने शक्ति, धैर्यता र आत्मबल प्राप्त हुने धार्मिक विश्वास छ।
मिथिला क्षेत्रसहित तराई–मधेसका घरघरमा पनि घटस्थापना गरिएको जमरा मठ–मन्दिरमा आज ब्रह्मचारिणीको पूजा गरिएको छ। यस अवसरमा महिलाहरूले व्रत बस्ने, दुर्गा सप्तशतीको पाठ गर्ने र परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने प्रचलन छ।
पण्डित अमित कुमार झाका अनुसार ब्रह्मचारिणी देवीको कृपा प्राप्त गर्नेले संकट, दुख–कष्टबाट मुक्ति पाउने र जीवनमा सफलता हासिल गर्ने जनविश्वास रहिआएको छ। हेडलाईन

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more