धार्मिक सद्भाव भड्काउन खोजेको आरोपमा गौशालाबाट एक युवक पक्राउ

२ कात्तिक , महोत्तरी ।  सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले अडियो सन्देश फैलाएको आरोपमा महोत्तरीको गौशालाबाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–५ निवासी करिब २५ वर्षीय मोहम्मद अमिर राजा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त प्रेस विज्ञप्तिअनुसार, गत असोज २४ गते साँझ गौशाला नगरपालिका–४ स्थित बाँसघारीमा केही व्यक्तिसँग खाजा खाइरहेका बेला धार्मिक भावनामा आघात पुर्‍याउने तथा हिन्दु र मुस्लिम समुदायबीच द्वन्द्व सिर्जना गर्ने उद्देश्यले अडियो तयार गरी ह्वाट्सएपमार्फत प्रसारण गरेको सूचना प्राप्त भएको थियो।

उक्त अडियोमा बडादशैंका अवसरमा गौशाला बजारमा दुर्गा मूर्ति विसर्जन गर्ने दिन भीडमा झैँझगडा तथा कुटपिट गराउने, अवरोध सिर्जना गर्ने र दुई समुदायबीच आपसी द्वन्द्व भड्काउने उद्देश्य रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

सोही क्रममा असोज ३० गते साँझ करिब ६ बजे गौशाला बजारमा घुमफिर गरिरहेको अवस्थामा अमिर राजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more