धनुषामा सेनाको कडा सुरक्षा घेराबन्दी, बख्तरबन्द र मोटरसाइकल गस्ती तीव्र

१८ फागुन, जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना अन्तर्गत धनुषा जिल्लामा तैनाथ श्री विष्णुदल गणले सुरक्षा परिचालनलाई तीव्र बनाएको छ।
निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत गणले शक्तिशाली बख्तरबन्द सवारी साधनसहित मोटरसाइकल गस्तीलाई सडकमा उतारेको छ। रणनीतिक सडक, प्रमुख चोक तथा संवेदनशील क्षेत्रमा ठूला सैन्य सवारी साधनको नियमित गस्तीमार्फत सुरक्षाको कडा उपस्थिति जनाइएको छ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गणले पैदल, सवारी तथा आधुनिक उपकरणसहितको समिश्रित मोडालिटी अवलम्बन गरेको जनाएको छ। बख्तरबन्द गाडीमार्फत क्षेत्रीय निगरानी, मोटरसाइकल र भेहिकल गस्ती तथा पैदल परिचालनले सम्भावित अवाञ्छित गतिविधि निस्तेज पार्न सहयोग पुगेको सुरक्षा अधिकारीहरूको भनाइ छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सँगको एकीकृत गस्ती र समन्वयलाई पनि प्राथमिकतामा राखिएको छ। तीनवटै सुरक्षा निकायबीचको समन्वयले स्थानीय बासिन्दामा थप सुरक्षा प्रत्याभूति सिर्जना गरेको जनाइएको छ।
श्री विष्णुदल गणका गणपति प्रमुख सेनानी खिलेन्द्रराज आमगाईंका अनुसार कुनै पनि आकस्मिक चुनौतीको सामना गर्न द्रुत प्रतिक्रिया टोली (क्विक रेस्पोन्स टिम) २४ सै घन्टा तयारी अवस्थामा राखिएको छ। उनले निर्वाचन अवधिभर संवेदनशील क्षेत्रको निगरानीलाई निरन्तरता दिइने र आवश्यक परे तुरुन्त हस्तक्षेप गरिने बताए।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने लक्ष्यसहित जिल्लामा बहुआयामिक सुरक्षा घेरा कडा पारिएको सुरक्षा स्रोतको दाबी

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more