दुर्गा प्रसाईं गिरफ्तार : संगठनद्वारा तत्काल रिहाइको माग

२३ माघ , काठमाडौ ।  दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको घटनाप्रति सम्बन्धित संगठनले गम्भीर आपत्ति जनाएको छ।
मिति २०८२ माघ २३ गते दक्षिणकाली क्षेत्रबाट आफ्ना अध्यक्ष दुर्गा प्रसाईंलाई पक्राउ गरिएको भन्दै संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कदमलाई “नियोजित र प्रतिशोधपूर्ण” कार्यको संज्ञा दिएको छ। विज्ञप्तिमा राज्यको उक्त कदमलाई निरंकुश र अलोकतान्त्रिक भन्दै घोर भर्त्सना गरिएको छ।
संगठनले भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध आवाज उठाउँदै आएका अभियन्तालाई राज्य शक्तिको दुरुपयोग गरी गिरफ्तार गरिएको आरोप लगाएको छ। वाक स्वतन्त्रता र नागरिक खबरदारीको अधिकार कुण्ठित गर्ने उद्देश्यले पक्राउ गरिएको दाबी पनि विज्ञप्तिमा गरिएको छ।
दुर्गा प्रसाईंलाई बिना शर्त तत्काल रिहा गर्न माग गर्दै संगठनले अन्यथा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। सम्भावित आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित निकायले नै वहन गर्नुपर्ने उल्लेख गरिएको छ।
यता, पक्राउ सम्बन्धमा नेपाल प्रहरी वा सम्बन्धित सरकारी निकायको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more