दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीको छापा

४ भदौ, काठमाडौ ।  सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता भइरहेका बेला प्रहरीले प्रसाईंको भक्तपुरस्थित निवासमा छापा मारेको छ।

बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो।

प्रहरीले प्रसाईंको निवासमा छापा मार्नुको कारण भने अहिलेसम्म औपचारिक रूपमा खुलाएको छैन।

सरकारविरुद्ध अभिव्यक्ति दिँदै आएका प्रसाईं यसअघि पनि पक्राउ पर्दै अदालतको आदेशमा रिहा हुँदै आएका थिए। उनका समूहले अघि सारेका मागका विषयमा सरकारले संवादमार्फत समाधान खोज्ने प्रयास गरिरहेका बेला प्रहरीले प्रसाईंको निवासमा खानतलासी गरेको हो।

छापा तथा खानतलासीका क्रममा प्रहरीले के–के बरामद गर्‍यो भन्नेबारे पनि हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more