दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ।

पीटीआईका अनुसार आगलागीको घटना बिहान ७ बजेतिर भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार आगलागी घटना जानकारी पाएसँगै ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थल पठाइएको थियो ।

घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल थियो र माथिल्लो तलामा मानिसहरू बस्थे।

यद्यपि, घटनाको समयमा घरमा कति जना मानिस थिए भन्ने बारे पूर्ण जानकारी नभएको जनाइएको छ ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दुःख व्यक्त गरेकी छिन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंहले सरकारको सुरक्षा व्यवस्थाको आलोचना गरेका छन् ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more