जनकपुर–यदुकाहा सडकखण्डमा तेस्रो लिङ्गी व्यक्ति मृत फेला, घाँटीमा चोटको आशंका

२८ माघ ,जनकपुरधाम । जनकपुर–यदुकाहा सडकखण्डअन्तर्गत बेलौनी–पौडेश्वर बीच सडकछेउ एक जना तेस्रो लिङ्गी व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
स्थानीयका अनुसार सडक किनारमा अचेत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक रूपमा मृतकको घाँटीमा चोट देखिएको जनाएको छ। यद्यपि, मृत्युको यथार्थ कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताइएको छ।
मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। प्रहरीले शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more