जनकपुरधाम पञ्चाङ्गमको दोस्रो संस्करण लोकार्पण सम्पन्न

जनकपुरधाम पञ्चाङ्गमको दोस्रो संस्करण लोकार्पण सम्पन्न
जानकी मन्दिरको शिशमहलमा सम्पन्न भयो लोकार्पण समारोह

जनकपुरधाम, असार २२ – मिथिला संस्कृतिको संरक्षण र संवर्द्धनमा समर्पित जनकपुरधाम पञ्चाङ्गमको दोस्रो संस्करणको लोकार्पण कार्यक्रम शनिबार जानकी मन्दिरको ऐतिहासिक शिशमहलमा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम या.सं.मा.वि ज्ञानकुपका प्रधानाध्यापक तथा पञ्चाङ्गका संरक्षक सञ्जय कुमार झाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा जानकी मन्दिरका  महन्थ  महामण्डलेश्वर श्री श्री १०८ श्री रामतपेश्वर  दाश जि महाराजले  पञ्चाङ्गमको लोकार्पण गर्दै पञ्चाङ्गले मिथिला क्षेत्रको वैदिक परम्परा, धार्मिक मान्यता र संस्कृतिको निरन्तरता दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन सुप्रसिद्ध मैथिली कवि काशीकान्त झाले गर्नुभएको थियो। कार्यक्रममा पण्डित देवकिनन्दन झा, पुण्यदेव झा, पण्डित उग्रनाथ झा, शीतल झा, पण्डित पवनकुमार शर्मा , पान्चाङ्ग तयार गर्न पण्डित मुकेश प्रतिहस्थ, पण्डित राधाकान्त झा को बिशेश पहल रहेको थियो। भने मिथिला संस्कृतिका ज्ञाता तथा पञ्चाङ्ग विषयका विज्ञहरू उपस्थित थिए।

संरक्षक सञ्जय कुमार झाले लोकार्पणपछि मन्तव्य दिँदै भन्नुभयो, “पञ्चाङ्ग केवल तिथि, नक्षत्र र पर्वको तालिका मात्र होइन, यो हाम्रो सांस्कृतिक पहिचानको दस्तावेज हो। यसको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो।”

कार्यक्रममा उपस्थित विद्वानहरूले पञ्चाङ्गले समय व्यवस्थापन, धार्मिक अनुष्ठान, सामाजिक संस्कार तथा जीवनशैलीमा दिने मार्गदर्शनको महत्वमाथि चर्चा गर्दै त्यसको वैज्ञानिक र ज्योतिषीय पक्षको पनि व्याख्या गरेका थिए।

कार्यक्रममा जनकपुरधामका स्थानीय बुद्धिजीवी, पत्रकार, संस्कृत शिक्षक, धार्मिक संस्थाका प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो।

जनकपुरधाम पञ्चाङ्गमको यस दोस्रो संस्करणमा यो वर्ष मनाइने सम्पूर्ण पर्व, तिथिहरू, ग्रह-नक्षत्रको गति, शुभ मुहूर्त, व्रत-उपवास, संस्कारहरू तथा मिथिला क्षेत्रका परम्परागत र धार्मिक मान्यताहरूसहितको समावेश गरिएको छ।

कार्यक्रमको समापन पारम्परिक मन्त्रपाठ र पण्डितहरूद्वारा आशिर्वचनसँगै गरिएको थियो

  • सम्बन्धित समाचारहरु

    गृहमन्त्री सुदन गुरुङद्वारा मटिहानी सीमाक्षेत्रको निरीक्षण, मन्दिर र पीर बाबा मजारको भ्रमण

    Read more

    जनकपुरधाममा निषेधाज्ञा अन्त्य, सोमबारदेखि सबै गतिविधि सहज हुने

    Read more

    Leave a Reply