एसपीलाई अपशब्द बोल्ने जसपा नेता यादव लाई समात्न स्पेसल फोर्स परिचालन

२२ असार, वीरगन्ज । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका अशोक राई नेतृत्वको जनता समाजवादी (पार्टी) का मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् ।

मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजीकार्य भइरहेको छ ।अहिलेसम्मको सूचना अनुसार यादव भारततर्फ फरार भइसकेको प्रहरी स्रोतको भनाइ छ ।

मधेस प्रहरी प्रमुख डिआइजी चतुर्वेदीले भने, ‘हामी अहिले खानतलासी गर्ने काम गरिरहेका छौँ । विभिन्न ठाउँमा सर्च अभियान चलिरहेको छ । उनलाई चाँडै प्रहरी नियन्त्रणमा ल्याइनेछ ।’

जिल्लाका एसपीलाई नै अपशब्द प्रयोग गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीको स्पेसल टोली परिचालन गरिएको मधेस प्रहरी कार्यालयको भनाइ छ । अदालतले पक्राउ अनुमति जारी गरेपछि प्रहरीको विशेष टोली खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीविरुद्ध सार्वजनिक सेवामा रोकावट र उपद्रव कसुर अन्तर्गतका दुई वटा मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

बिहीबार राति फोनमा सर्लाहीका प्रहरी प्रमुख खड्का र नेता यादवबिच गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

  • सम्बन्धित समाचारहरु

    गृहमन्त्री सुदन गुरुङद्वारा मटिहानी सीमाक्षेत्रको निरीक्षण, मन्दिर र पीर बाबा मजारको भ्रमण

    Read more

    जनकपुरधाममा निषेधाज्ञा अन्त्य, सोमबारदेखि सबै गतिविधि सहज हुने

    Read more

    Leave a Reply