जनकपुरधाममा डिसहोमको इन्टरनेट सेवाप्रति ग्राहकको गुनासो

५ भदौ, जनकपुरधाम । जनकपुरधाममा डिसहोमको इन्टरनेट सेवा दिनभर अवरुद्ध हुँदा ग्राहकहरू समस्यामा परेको गुनासो गरिएको छ।स्थानीय बिरेन्द्र साहले दिनभर इन्टरनेट सेवा बिग्रिएर आफू लगायत अन्य ग्राहकहरू समस्यामा परेको बताए। पटक–पटक सेवा अवरुद्ध हुँदा पनि सम्बन्धित निकायमा गुनासो गर्दा समस्या समाधान गर्न चासो नदिएको उनको गुनासो छ।

साहका अनुसार इन्टरनेट सेवा अवरुद्ध भएपछि ग्राहकले सेवा प्रदायकसँग सम्पर्क गरी समस्या समाधानका लागि जानकारी गराउँदा समेत प्रभावकारी सुनुवाइ नभएको हो। इन्टरनेटमा निर्भर भएर दैनिक कामकाज, सञ्चार तथा अन्य गतिविधि गर्नुपर्ने अवस्थामा लामो समयसम्म सेवा अवरुद्ध हुँदा थप समस्या भएको उनले बताए।

ग्राहकले नियमित रूपमा सेवा शुल्क बुझाउँदै आए पनि सेवा अवरुद्ध हुँदा तत्काल प्राविधिक समस्या समाधानमा सेवा प्रदायकले चासो दिनुपर्ने साहको भनाइ छ।

उनले डिसहोमले ग्राहकको गुनासोलाई गम्भीरतापूर्वक लिएर अवरुद्ध सेवा तत्काल सुचारु गर्नुका साथै आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने व्यवस्था गर्न माग गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more