जनकपुरधाममा कारको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

२० असार , जनकपुरधाम।  — जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि कारको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आएको कारले पैदलयात्रीलाई ठक्कर दिएर किच्दै फरार भएको हो। दुर्घटना जनकपुर चुरोट कारखाना (हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) अगाडि भएको बताइएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेजको अध्ययन गरी फरार सवारीसाधन र चालकको खोजी तीव्र बनाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more