कक्षा १२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत उत्तीर्ण

५ अषाढ , काठमाडौ ।  – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा  ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डद्वारा जारी सूचनाअनुसार २०८२ साल वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको ग्रेडवृद्धि परीक्षामा नियमित तथा आंशिक गरी कुल ४ लाख १८ हजार ९७० विद्यार्थी सहभागी भएका थिए।
नतिजाअनुसार नियमिततर्फ ३ लाख ३२ हजार २७१ र आंशिकतर्फ ८६ हजार ६९९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। परीक्षामा नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी कुल ४० विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
यस परीक्षामा नियमिततर्फ २ लाख २९ हजार ८७० तथा आंशिकतर्फ ३६ हजार ३२० विद्यार्थीले सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका छन्। यससँगै कुल २ लाख ६६ हजार १९० विद्यार्थी उत्तीर्ण भएका छन्।
उत्तीर्ण प्रतिशत नियमिततर्फ ६९.१५ प्रतिशत, आंशिकतर्फ ४२.३६ प्रतिशत तथा समग्रमा ६४.१३ प्रतिशत रहेको बोर्डले जनाएको छ।
बोर्डले केही परीक्षार्थीहरूको नतिजा रद्द गरिएको तथा आगामी एक वर्षसम्म कुनै पनि बोर्ड परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको पनि उल्लेख गरेको छ।
परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। नतिजासम्बन्धी थप जानकारीका लागि बोर्डले सम्बन्धित वेबसाइट तथा सेवा प्रयोग गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more